१ कार्तिक २०८३, शनिबार

सार्वजनिक मञ्चमै किन रोए अमेरिकी राष्ट्रपति ओबामा ? (फोटो र भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama

काठमाडौं, २२ पुस । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति बराक ओबामा एक सार्वजनिक कार्यक्रममै रोएका छन् ।

यस्तो घटना विश्वमा विरलै हुन्छ । जब कुनै राष्ट्रप्रमुख सार्वजनिक कार्यक्रममा भावुक बनेका हुन् । ओबामा अमेरिकामा अन्धाधुन्ध दुरुपयोग भइरहेको बन्दूक नियन्त्रणमा लिने आफ्नो योजना सार्वजनिक गर्ने क्रममा रोएका हुन् ।

अनियन्त्रित बन्दूककै कारण अनाहकमा दिन प्रतिदिन अमेरिकी नागरिकले ज्यान गुमाउँदा पनि नियन्त्रणका लागि कानून बनाउन कंग्रेसले नसघाएपछि ओबामा आँसु झार्दै रोएका हुन् । कार्यक्रममा निकै भावुक देखिएका ओबामाले अब कारवाही नगर्ने कुनै बहाना स्वीकार्य नहुने चेतावनी दिए ।

Obama4

ओबामाले भने–‘अब बन्दूक राख्नेको पृष्ठभूमि परीक्षणका साथै मानसिक स्वास्थ्य र अपराधको इतिहास केलाउने नियम पनि बनाइनेछ ।’ बन्दूकको व्यापारीहरुले कंग्रेसलाई बन्धक बनाएपनि अमेरिकालाई बन्धक बनाउन नसक्ने ओबामाको चेतावनी छ ।

बन्दूक बन्देज कानून ल्याउन अमेरिकाको संसद बाधक बनेपछि राष्ट्रपतीय अधिकार प्रयोग गर्दै ओबामाले कार्यपालक आदेशमार्फत् यो कानून ल्याएका हुन ।

आफ्नो बाँकी एक वर्षे कार्यकालमा अमेरिकालाई बन्दुक नियन्त्रित देश बनाउने योजना ओबामाको रहेको छ । (एजेन्सीको सहयोगमा)

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्ः
obama--

DELRAY BEACH, FL - JANUARY 05: William Gordon, (L), helps Steve Wrona as he looks at weapons while visiting the K&W Gunworks store on the day that U.S. President Barack Obama in Washington, DC announced his executive action on guns on January 5, 2016 in Delray Beach, Florida. President Obama announced several measures that he says are intended to advance his gun safety agenda.   Joe Raedle/Getty Images/AFP == FOR NEWSPAPERS, INTERNET, TELCOS & TELEVISION USE ONLY ==

President Barack Obama wipes away tears from his eyes as he speaks in the East Room of the White House in Washington, Tuesday, Jan. 5, 2016, about steps his administration is taking to reduce gun violence. Also on stage are stakeholders, and individuals whose lives have been impacted by the gun violence. (AP Photo/Carolyn Kaster)

Obama1 Obama2 Obama3