३० आश्विन २०८३, शुक्रबार

उत्तर कोरियाले पहिलोपटक गर्‍यो हाइड्रोजन बमको सफल परिक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

North_Korea-1000x0

प्योङ्याङ, २२ पुस । प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको जानकारी दिएको समाचार छ ।

सो देशले बुधबार उक्त परीक्षण गरेको र सो परीक्षण सफल रहेको जानकारी दिएको समाचारमा जनाइएको छ । बुधबार बिहान ठीक १० बजे सो परीक्षण गरेको र सो सफल भएको उत्तर कोरियाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँका सरकारी सञ्चारमाध्यमहरुले यस परीक्षणबाट उत्तर कोरिया वास्तविक आणविक शस्त्र मुलुकमा प्रवेश हो भन्ने कुरा प्रमाणित भएको जनाइएको छ ।

In this Oct. 10, 2015, file photo, North Korean leader Kim Jong Un gestures as he watches a military parade in Pyongyang, North Korea. North Korea said on Wednesday, Jan. 6, 2016, it has conducted a hydrogen bomb test. (AP Photo/Wong Maye-E, File)

उक्त परीक्षण सफल भएको सरकारी जानकारीपछि विश्वका नेताहरुको विभिन्न प्रतिक्रिया आएको छ । उनीहरुले निशस्त्रिकरणका लागि गरिएको आग्रहका विरुद्ध उत्तर कोरियाले आणविक परीक्षणलाई अघि बढाएको भन्दै विरोध गरेका छन् ।

सो परीक्षणको समयमै कोरियाली प्रायद्वीपमा भूकम्पको धक्का पनि महसुश गरिएको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले त्यसै समयमा ४.९ रिक्टर स्केलको भूकम्पको धक्का रेकर्ड गरेको थियो ।

सोही बमको परीक्षणका कारण उत्पन्न भएको धक्काबाट पृथ्वीमा सो कम्पन आएको हो वा होइन भन्ने बारेमा भने उक्त संस्थाले केही बताएको छैन । रासस/सिन्ह्वा