रसुवा, २२ पुस । हाकु गाविसबाट बिस्थापित भई लहरेपौवा गाविस ८ काभ्रेमा अस्थायी शिविरमा बसोबास गर्दै आएका ७० परिवार भूकम्प पीडितलाई जाडो मौसममा न्यानो सहयोगअन्तर्गत व्लाङ्केट वितरण गरिएको छ ।
न्यानो कपडा अभावले बढ्दो चिसो मौसमसँगै विस्थापित शिविरमा बसोबास गरेका भूमिहीनको दैनिकी कष्ठकर बन्दै गएको छ । यसबाट अझ बढी बृद्धबृद्धा, महिला, सुत्केरी, बालबालिकाहरुलाई प्रभावित भएका छन् । मंगलबार शिविरमै पुगी न्यानो व्लाङ्केट वितरण गरिएपछि विस्थापितहरु खुसी काभ्रे क्याम्पका संयोजक बमबहादुर तामाङले बताए ।
न्यानो सहयोग अन्तर्गतको व्लाङ्केट काठमाडौंस्थित युथ एक्सन नेपाल र क्इक भोलेन्टिएर टिमले सहयोग सङ्कलन गरी पठाएका थिए भने स्थानीयस्तरमा वितरण गर्नको लागि सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, भूमि अधिकार मञ्च र लाङटाङन्युज डटकम अनलाइनका टिमले समन्वय गरेका थिए ।
क्इक भोलेन्टिएर टिमले भूकम्प प्रभावित क्षेत्रमा न्यानो सहयोगअन्तर्गत व्लाङ्केट वितरण थालेकोछ । भोलेन्टिएर टिमले यसअघि हाकु गाविसबाट विस्थापित भई आएका र बेत्रावती सातबीसे र बोगटीटारको क्याम्पमा पनि व्लाङ्केट तथा कपडा वितरण गरेको थियो । यस कार्यलाई निरन्तरता दिने र बाँकी र अति अभाव भएका ठाउँमा क्रमशः वितरण गर्दै जाने क्इक भोलेन्टिएर टिमका संयोजक अरुण खड्काले बताए ।
भूकम्प पीडितलाई स्लिपिङ्ग ब्याग
यसैगरी विनाशकारी भूकम्प पीडितहरुलाई लाइन्स क्लब अफ काठमाण्डौंले लहरेपौवा गाविस वडा नं ८ गोम्बोडाडाँमा स्लिपिङ्ग बितरण गरेको छ ।
लाइन्स क्लब अफ काठमाण्डौं मिर्मिरेले हाकु गाविसबाट बिस्थापित भएर लहरेपौवा गाविसको भाभ्रेमा रहेका बिस्थापित समेत गरी १ सय ५० थान स्लिपिङ्गब्याग, ६५ वटा स्वीटर, ५० वटा ब्ल्याङकेट, ८ वटाब्ल्याङकेट बितरण गरिएको थियो ।
कार्यक्रममा लाइन्स क्लब अफ काठमाण्डौंका अध्यक्ष सोमप्रसाद अधिकारी, उपाध्यक्ष रामकृष्ण अगस्ती, अजुर्न पन्त, सचिव रामचन्द्र तिम्सिना, कोषाध्यक्ष सुर्यप्रसाद गौतम, सदस्यहरु हरिशरण रिमाल, राजु श्रेष्ठ, पुर्व अध्यक्ष सोमराज पाण्डे लगायतको उपस्थितिमा एक कार्यक्रमकाबीच राहत सामाग्री बितरण गरिएको थियो । युमी नेपालको सहयोगमा राहत बितरण गरिएको बताइएको छ । कायएक्रममा स्थानीय पासाङ तामाङलगायतले आफ्नो धरणा राखेका थिए ।













प्रतिक्रिया