१३ कार्तिक २०८३, शुक्रबार

पहिलोपटक न्याय परिषदमा महिला सदस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushila-karkiकाठमाडौ, २१ पुस । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशका हैसियतले सुशीला कार्की आजदेखि न्याय परिषद् सदस्य हुनुभएको छ ।

वरिष्ठ न्यायाधीश एवम् न्याय परिषद् सदस्य गिरिशचन्द्र लाल उमेरका कारण मङ्गलबारबाट अवकाश लिएपछि वरिष्ठ न्यायाधीशको हैसियतले कार्की न्याय परिषद् सदस्य हुनुभएको हो ।

नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीशले ६५ वर्षपछि पुगेपछि अवकाश लिनुपर्ने व्यवस्था छ । रासस