तुलसीपुर (दाङ), २१ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी अब परम्परागत ढङ्ग र पुरानो पुस्ताले चलाउन नसक्ने हुँदा नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले देश चलाउनमा अव युवाहरूको जिम्मेवारी आएको भन्दै अब युवालाई प्रोत्साहन गर्ने नेता र सरकारको आवश्यकता रहेको पनि बताउनुभयो ।
१३ आँै महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने पनि उहाँको भनाइ थियो ।
दलका नेता मिल्न नसक्दा विदेशी हस्तक्षेप बढेको भन्दै उहाँले अब सबै दल मिलेर मुलुकको हितमा लाग्नुपर्ने बताउनुभयो । रासस












प्रतिक्रिया