१३ कार्तिक २०८३, शुक्रबार

मधेस आन्दोलन सिथिल बन्दा सर्वसाधारणलाई राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janakpur-3

महेन्द्रनगर (धनुषा), २१ पुस । तराई मधेसमा झण्डै पाँच महिनादेखि जारी आन्दोलन विस्तारै सिथिल बन्दै गएको छ ।

आन्दोलनको बेग कमहुँदै गएसँगै अस्तव्यस्त बनेको जनजीवन सामान्य बन्दै गएको छ । धनुषाको सदरमुकाम जनकपुरदेखि महोत्तरीको सदरमुकाम जलेश्वर, सर्लाहीको सदरमुकाम मलङ्गवालगायत मध्य तराईका जिल्लाका सदरमुकाम र ग्रामीण भेगमा विस्तारै शान्तिपूर्ण माहौल बन्दै गएको देखिन्छ । सर्वसाधारणको आन्दोलन रोकिएर शान्तिपूर्ण दैनिकी बिताउने चाहना र आशा बढेको छ ।

सवारी साधन चल्नेक्रम बढ्दो छ । तर सार्वजनिक यातायात र ढुवानीका ठूला सवारी साधन भने अझै सञ्चालनमा आएका छैनन् । यातायातबाहेक अन्य क्षेत्रमा आन्दोलनको असर कम हुँदै गएको छ । केही दिनदेखि सीमा नाकामा धर्नाकारी जुट्न छाडेपछि बजारमा सामानको आयात पनि बढेको स्थानीय व्यापारीहरुले बताएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रको जनकपुर–जटही, जलेश्वर–भिट्ठामोड– मधवापुर र सम्सीको मुख्य नाकामा मोर्चाका केही कार्यकर्ता धर्ना बस्नुबाहेक ठूला विरोधका कार्यक्रम चलेका छैनन् ।

सामानको मूल्यमा देखिएको अनियन्त्रित बढोत्तरी पनि विस्तारै कम हुँदै गएको स्थानीयवासीको भनाइ छ ।

नयाँ संविधान र सीमाङ्कनको विरोधमा मधेसी दलहरुले गत साउन ३० गतेदेखि अनिश्चितकालीन बन्द हड्ताललगायत आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

सद्भावना पार्टीका धनुषा अध्यक्ष सञ्जय सिंहले मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला सरकार तथा केही अपराधी चरित्रका व्यक्तिले आन्दोलन तुहाउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यस्ता तत्वले मोर्चाको आन्दोलनलाई बदनाम गर्न विभिन्न चलखेल गरिरहेको बताउनुभयो । रासस