१४ कार्तिक २०८३, शनिबार

‘डिआईजीकी छोरी’ले प्रेममा धोका पाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhagwati-kcकाठमाडौं, २१ पुस । आफूलाई डाक्टर र डिआईजीकी छोरी भनेर ठगी धन्दा गरिरहेकी एक युवतीले प्रेममा धोका पाएपछि यो धन्दामा लागेको बताएकी छिन् ।

गुल्मी जिल्ला हस्तीचौर घर भएकी भगवती केसीलाई सोमबार महानगरीय प्रहरी अपराध महाशाखाको एक टोलीले राजधानीको सिनामंगलबाट पक्रेको थियो । हाल थुनामा रहेकी भगवतीले डाक्टर सुहाना केसी नामबाट विभिन्न व्यक्तिलाई ठगेकी थिईन् । उनी आफूलाई डीआईजी सनत केसीको छोरी समेत बताउँदै आएकी थिईन् ।

२३ वर्षीया भगवतीले यो सबैको गर्नुको कारण प्रेममा धोका खानु नै रहेछ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले प्रेममा धोका खाएर पूर्व प्रेमीलाई देखाउनै लागि उनीमा बदलाको भाव आएको र विरक्तिएर ठगी गर्दै हिँडेको बताए ।

७ वर्षअघि गुल्मीबाट काठमाडौं आउँदा एक सहकारीमा काम गरेको र त्यही क्रममा एक युवकसँग उनी गहिरो प्रेममा परेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । तर, पछि युवकले शारीरिक सम्पर्क राखेर धोका दिएपछि उनी विरक्तिएर युवाहरुसँग बदला लिन ठगी धन्दामा लागेकी हुन् ।

सहकारीको जागिर छाडेदेखि उनले युवाहरुलाई फसाउने, प्रेमजालमा पार्ने र ठग्ने गर्दै आएको प्रहरीले जनाएको छ । पैसाका लागि उनले केही डाक्टरसँग शारीरिक सम्पर्क समेत राखेको खुल्न आएको छ ।

गरिब परिवारमा जन्मेकी भगवतीका बुबा भारतमा मजदुरी गर्छन् भने आमा घरै खेतबारीको हेरचाँह गर्छिन् । उनका एक भाइ र एक बहिनी छन् । उनले ७ कक्षासम्म मात्रै अध्ययन गरेकी छिन् ।

bhagwati-kc