३० आश्विन २०८३, शुक्रबार

पाकिस्तानमा नरेन्द्र मोदीलाई मार्ने प्रयास भएको खुलासा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-sarif

नयाँ दिल्ली । भारतको पठानकोटमा जारी आतंकवादी हमलाकै बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे नयाँ खुलासा भएको छ ।

भारतका एक साहित्यकारले मोदीलाई पाकिस्तानले मार्ने प्रयास गरेको खुलासा गरेका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै भारतका बरिष्ठ साहित्यकार श्रीपाल सबनीसले पाकिस्तानको लाहौरमा मोदीको हत्या पनि हुनसक्थ्यो भनेका छन् ।

मोदीको २ घण्टे पाकिस्तान भ्रमणलाई लिएर यसअघि धेरै राजनीतिज्ञले भारतमा आलोचना पनि गरिसकेका छन् । यसैक्रममा पाकिस्तानका कट्टर विरोधी श्रीपालले मोदीको हत्या हुनसक्ने दाबी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीपालको यो भनाईमा मोदीको पार्टी भाजपाले आपत्ति जनाएको छ । मराठी साहित्य सम्मेलनका अध्यक्ष समेत रहेका श्रीपालको यस्तो खुलासापछि भारतीय राजनीतिक बजार तातिएको छ ।

यसअघि श्रीपालले २००२ मा भएको गुजरात दंगाका बेला पनि मोदीको खुलेरै आलोचना गरेका थिए । तर, अहिले भने देशको प्रधानमन्त्री भएकाले मोदीको हत्या प्रयासले आफू चिन्तित बनेको श्रीपालले दाबी गरेका छन् । (एजेन्सीको सहयोगमा)