बाँके, २१ पुस । जबरजस्ती करणी गरेको अभियोगमा गहनापुर–५ कपासी बस्ने २६ बर्षीय दुर्गेशकुमार मिश्रलाई प्रहरीले पक्राउ गरेको छ ।
मिश्रले सोमबार राति नेपालगंज उपमहानगरपालिका–६ बस्ने २९ बर्षीया महिलालाई झारफुक गरिदिन्छु भनि जवरजस्ती करणी गरेको भनि पीडित महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया