१४ कार्तिक २०८३, शनिबार

चीनसँगको नाका खोल्न सरकारले ध्यान नदिएकोमा नेता अधिकारीको चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rabindra Adhikari Uml

काठमाडौं, २१ पुस । नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले उत्तर–दक्षिण राजमार्ग निर्माणको कामले खासै गति नलिएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेता अधिकारीले अध्ययन भएको महिनादिन पुग्दा समेत सरकारले सडक निर्माण तथा नाका सञ्चालनमा ध्यान नदिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

संसदको विकास समितिका सभापति समेत रहनुभएका अधिकारीले ती राजमार्ग निर्माणमा इमानदारीका साथ सरकार लाग्नुपर्ने औँल्याउनुभयो । ‘चीनसँगका महत्वपूर्ण नाका शीघ्र सञ्चालनमा सरकारको ध्यान जाओस्’- उहाँले भन्नुभयो ।

एमाओवादीका छमबहादुर गुरुङले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनता राहत नपाएर आहत भएको बताउँदै ती स्थानको पुनःनिर्माण एवम् पुनःस्थापनामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारलाई सहयोग नगरेको आरोप लगाउनुभयो ।