३० आश्विन २०८३, शुक्रबार

चीनमा गुडिरहेको बसमा आगलागी हुँदा १४ को मृत्यु, ३० घाइते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CHINA-NINGXIA-BUS FIRE (CN)

यिन्चुवान (चीन) २१ पुस । मङ्गलबार बिहान उत्तरपश्चिमी चीनको निन्सियाङ्मा आगलागी हुदा सो बसमा सवार १४ जनाको जलेर ज्यान गएको समाचार छ ।

साथै त्यसमा परी ३० जनाभन्दा बढी घाइते भएका पनि समाचारमा जनाइएको छ । मङ्गलबार बिहान सो दुर्घटना भएको सो क्षेत्रका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मङ्गलबार बिहान करिब सात बजेतिर निन्सियाङ् हुई स्वायत्त क्षेत्रमा गुडिरहेको सो बसमा अकस्मात आगो लागेको थियो ।
सो बस एक फर्निचर गोदाम नजिक पुगेपछि आगो लागेको देखिएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

सो फर्निचरका कारण पनि आगो बढी फैलिएको जनाइएको छ । घाइतेलाई सो क्षेत्रको एक स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको पाइएको समाचारमा उल्लेख छ ।

सो आगलागीको कारणका बारेमा प्रहरीले अहिले नै केही बताएको छैन । यसको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा