१३ कार्तिक २०८३, शुक्रबार

भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो
फाइल फोटो

त्रिशूली(नुवाकोट), २१ पुस । नक्कली भूकम्पपीडितको सङ्ख्या बढेको भन्दै भूकम्पपीडितको तथ्याङ्क पुनः सङ्कलन गरिने भएको छ ।

सरकारले घर निर्माणका लागि रु दुई लाख अनुदान वितरण गर्नुभन्दा पहिले नै भूकम्पपीडितको नयाँ तथ्याङ्क सङ्कलन गरिने योजना रहेको प्रअिज उमेशकुमार ढकालले बताउनुभयो ।

नक्कली भूकम्पपीडितको हातमा जस्तापाता खरिदको रु १५ हजार र न्यानो कपडाका लागि रु १० हजार वितरण नभएको भनी परेको गुनासो र जिल्लामा भूकम्पपीडितको सूची बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले तथ्याङ्क पुनः सङ्कलन गर्ने तयारी गरेको प्रजिअ ढकालले बताउनुभयो ।

प्रजिअ ढकालले भन्नुभयो, “नुवाकोटमा ६० हजार घर भूकम्पबाट प्रभावित भएको प्रारम्भिक तथ्याङ्क रहे पनि यो सङ्ख्या बढेर ७६ हजार पुगेको छ, पछि छुट भएका झन्डै दश हजार समेत गर्दा ८६ हजार घरधुरी हुन्छ, पुनः विद्युतीय माध्यमबाट तथ्याङ्क सङ्कलनपछि सो सङ्ख्या घटेर ५५ हजारको हाराहारीमा आउने हाम्रो अनुमान छ ।” रासस