३० आश्विन २०८३, शुक्रबार

क्रिस गेलले लाईभ अन्तर्वार्तामा महिला पत्रकारलाई डेटिङको प्रस्ताव राखेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cris-gayle_inappropriatएजेन्सी । चर्चित क्रिकेटर क्रिस गेल अहिले विवाद तानिएका छन् ।

अष्ट्रेलियाको मेलबर्न रेनेगेड्स क्रिकेट प्रतियोगितामा विस्फोटक व्याटिङपछि महिला पत्रकारले लिएको लाईभ अन्तरर्वार्तामा उनले मैदानमै खुल्मखुल्ला डेटिङको प्रस्ताव गरेर विवादमा तानिएका हुन् ।

१० स्पोट्र्स च्यानलकी महिला पत्रकार मेलानी मक्लाफलिनलाई गेलले डेटिङको प्रस्ताव राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गेलले पत्रकारलाई भने– ‘म आफै आएर तिमीलाई अन्तर्वार्ता दिन चाहन्थे । यही कारण म यहाँ उभिएको हुँ । तिम्रो आँखा पहिलोपटक देख्दा एकदमै सुन्दर लाग्यो । आशा राख्छु कि म्याच सकिएपछि हामी भेटेर साथमा ड्रिंक(रक्सी) लिनुपर्छ । लाज नमान बेबी ।’

उनको यस्तो भनाईपछि विग बैश लिग (बीबीएल)का अध्यक्ष एन्टोनी एवेरार्डले गेलविरुद्ध कारवाही गरिने बताए । उनले यो भनाईलाई अनुचित नैतिकहिन भन्दै महिला पत्रकारसँग माफी मागेका छन् ।

गेलले १५ बलमा ४१ रन बनाएर हाफ समयमा मैदान बाहिर आएका बेला अन्तर्वार्ता दिएका थिए ।