१ कार्तिक २०८३, शनिबार

फेरि बलिउड फिल्म खेल्दै सुनिल थापा, विपाशा बसुसँग फाइट !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunil-Bipasaमुम्बई । चर्चित खलनायक सुनिल थापा ‘राते काँइला’ बलिउड अभिनेत्री विपाशा बसुको फिल्ममा देखिने भएका छन् ।

चर्चित अभिनेत्री प्रियंका चोपडाको फिल्म ‘मेरी कोम’मा खेलेर बलिउडमा अभिनयका लागि प्रशंसा पाएका थापा विपाशा बसुको फिल्म ‘भाइ मस्ट बि क्रेजी’मा अभिनय गर्ने पक्का भएको हो । यो फिल्म फिल्म ‘द गड मस्ट बि क्रेजी’को बलिउड रिमेक हो ।

फिल्ममा विपाशा बसुसँगै बलिउड अभिनेता शाहिद कपुरका पिता पंकज कपुर, कमेडी नाइट्स विथ कपिल फेमका सुनिल ग्रोभर (गुत्थी), विजय राज लगायतका कलाकारहरुको अभिनय रहने फिल्मका निर्देशक विनय शर्माले बताए ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सुनिल थापा फिल्ममा अनुबन्धित भएको जनाएका छन् । बलिउड अभिनेता संजय दत्त अभिनित फिल्म ‘जिला गाजियाबाद’का लेखक समेत रहेका विनय नेपालमा सुनिल थापालाई आफ्नो फिल्ममा खलनायकको भुमिकामा उतार्न लागेका छन् ।

विनयको फिल्ममा खलनायक भुमिकामा आफू छनोट भएको सुनिल थापाले पुष्टि गरे । फिल्मको पहिलो चरणको शुटिङ नेपालको मुस्ताङबाट गरिदैं छ । फिल्ममा विपाशा एक महिला प्रहरी अफिसरको भुमिकामा देखिँदैछिन् ।