१३ कार्तिक २०८३, शुक्रबार

हिउँँचितुवाको आक्रमणले २७ च्याङ्ग्रा मरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hiu_chituwaमुस्ताङ, २१ पुस । उपल्लो मुस्ताङको छुसाङ–५ तेताङमा हिउँँचितुवाले आक्रमण गर्दा २७ च्याङ्ग्रा मरेका छन् ।

स्थानीय किसान रामबहादुर गुरुङको गोठमा शनिबार राति हिउँँचितुवाको बथानै प्रवेश गरी २७ च्याङ्ग्रा मार्नुका साथै दुईवटा च्याङ्ग्रालाई घाइते बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । वर्षौंदेखि च्याङ्ग्रापालन व्यवसाय गर्दै आएका किसान गुरुङ एकैपटक उक्त सङ्ख्यामा च्याङ्ग्रा मारिदिएपछि समस्यामा परेका छन् ।

उपल्लो मुस्ताङमा चार वर्षदेखि हिउँँचितुवा संरक्षण अभियान सञ्चालन भएपछि त्यसको सङ्ख्यामा व्यापक वृद्धि भएको छ । “५÷६ वटा हिउँचितुवा आएर आक्रमण गरेको जस्तो देखिएको छ, किसानलाई सम्पूर्ण विवरण टिपेर क्षतिपूर्तिका लागि पहल गरिरहेका छौँ”, प्रमुख शेरचनले भन्नुभयो – “सङ्ख्या बढ्दै जाने र जङ्गलमा आहार नआएपछि हिउँचितुवा मानव बस्तीतिर आउने गर्दछ ।” गत असोज र कात्तिक महिनामा पनि उपल्लो मुस्ताङकै चराङको मराङ गाउँमा एकैपटक १०७ वटा र सुर्खाङमा १२ वटा च्याङ्ग्रा हिउँचितुवाकै आक्रमणमा मरेका थिए ।

गाउँ नजिकै रहेको गोठमा आएर पशुचौपायालाई आक्रमण गर्न थालेपछि उपल्लो मुस्ताङका छवटै गाविसमा हिउँचितुवा आङ्तक फैलिएको छ । त्यस क्षेत्रका स्थानीयवासीले हिउँचितुवा नियन्त्रणका लागि एक्याप र सीमा प्रशासन कार्यालय, लोमान्थाङमा दबाबसमेत दिन थालेका छन् । “यसबाट बच्ने उपाय अवलम्बन गर्ने हो, गोठ वरिपरि बत्ती जडान गरी उज्यालो बनाउन सके केही पनि हुँदैन”, प्रमुख शेरचनले भन्नुभयो – “यस विषयमा स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दैछौँ ।” रासस