
मुम्बई । फुर्सदको समय घरको बार्दलीमा बसेर बाहिरी सुन्दरता नियाल्नु धेरैलाई रुचिकर लाग्छ ।
त्यसैले त ठूल्ठूला बंगलाबनाउनेहरु हरेक फल्याट्मा सुन्दर बार्दली हाल्छन् । बलिउड अभिनेता शाहरुख खान आफ्नो निवासमा रहँदा प्रायः बार्दलीमै भुल्न रुचाउँछन् ।, छोरा अबरामसँग । ‘क्यामेरा अबराम’सँग बार्दलीमा खेलिरहेका हुन्छन् शाहरुख ।
तर, अर्का अभिनेता आमिर खानको अवस्था शाहरुखको भन्दा ठ्याक्कै उल्टो छ । हुन त, आमिरको पनि सानो छोरा छन्, आजाद । तर, आमिर छोरालाई पनि बार्दलीतिर जान दिँदैनन् ।
आमिरको निवासको बार्दली सिसाले घेरर सुन्दर बनाइएको छ । तर, यस्तो सुन्दरताले पनि उनलाई तान्न सकेन । बरु उनी बार्दली निस्कने ढोका सधै बन्द गरिदिन्छन् । आखिर आमिरले बार्दली नै नरुचाउने किन होला त ? भारतीय मिडियाले जवाफ खोजेका छन् , आमिरलाई अग्लो ठाउँमा जान निकै डर लाग्छ । (नयाँ पत्रिकाबाट)















प्रतिक्रिया