३० आश्विन २०८३, शुक्रबार

भारतको प्रस्ताव अस्वीकार गरेको श्रीलंकाले पाकिस्तानसँग बढायो हात, शरिफ श्रीलंकामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-sari-Sirisena

इस्लामावाद, २० पुस । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ तीनदिने औपचारिक भ्रमणका लागि सोमबार श्रीलङ्का पुग्नुभएको छ ।

श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको आमन्त्रणमा उहाँले आजदेखि श्रीलङ्काको भ्रमण सुरु गर्नुभएको हो । सो भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग आपसी हितका विषयमा द्वीपक्षीय वार्ता गर्नुहुने बताइएको छ ।

सो भ्रमणका क्रममा उहाँहरुले दुई देशको बीचमा मुद्रा निर्मलीकरण तथा आतङ्कवादसम्बन्धी कानुन र यसको सम्झौता हुने बताइएको छ ।

श्रीलङ्कामा रहेको पाकिस्तानी उच्च नियोगले सो जानकारी दिएको जानकारीअनुसार अन्तरदेशीय आतङ्कवादविरोधी कानुन निर्माण र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै यी दुई देशबीच स्वास्थ्य, विज्ञान तथा प्रविधि, व्यापार र संस्कृतिसम्बन्धी विभिन्न सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ ।

प्रधानमन्त्री सरिफले सो भ्रमणका क्रममा श्रीलङ्काली मन्त्रीहरु, सांसद, व्यापारिक प्रतिनिधिमण्डल एवम् उच्च सरकारी अधिकारीहरुका बैठकहरुलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । यसअघि श्रीलंकाले भारतसँगको व्यापार सम्झौता अस्वीकार गरेको थियो । रासस/सिन्ह्वा