
न्यूयोर्क । करिब ५ महिना अमेरिका घुमेर केहि समय अघि मात्रै नेपाल फर्किएकी अभिनेत्री एवम् मिस नेपाल २०११ मलिना जोशीको अमेरिका रहँदाको प्रेम कथा अब भिडियोमा हेर्न पाइने भएको छ तर, उनको यो प्रेमकथा वास्तविक नभई एउटा गीतमा छायांकन गरिएको फिल्मी कथा हो ।
नेपाली आधुनिक गीत संगीतका चिर–परिचित ब्यक्तित्व बरिष्ठ गायक लाक्पा शेर्पाको स्वर, चर्चित संगीतकर्मी नरेन्द्र प्यासीको संगीत अनी गीतकार पासाङ शेर्पाको शब्दमा रहेको सुमधुर गीत ‘साँझ ढलेको थाहै भएन्’ बोलको म्युजिक भिडियो तयार भएको छ ।
न्युयोर्कका विभिन्न स्थानहरुमा छायांकन गरिएको यो भिडियो नयाँ बर्ष २०१६ को अवसर पारेर रिलिज गरिएको छ । मलिना जोशी र न्युयोर्ककै मोडेल पिटर श्रेष्ठको अभिनय रहेको यो भिडियोलाई शम्भु मोक्तानले खचेका हुन् भने गीतमा भरत रेग्मीको सम्पादन र सुरेश दर्पण पोखरेलको निर्देशन रहेको छ । एक प्रेमी जोडीको सफल दाम्पत्य जीवनलाई सरल र मिठो रुपमा प्रस्तुत गरिएको यो भिडियोमा मलिना र पिटरले युवा देखी बृद्धा अवस्थासम्मको जिवन्त अभिनय गरेका छन् ।
गीतका शब्दहरु अनुसार भिडियो सान्दर्भिक बनेकोले यो गीत र भिडियो दुबैलाई दर्शक श्रोताहरुले मन पराउने बिश्वास गीतकार पासाङले ब्यक्त गरेका छन् ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया