३० आश्विन २०८३, शुक्रबार

पाकिस्तानलाई ४ टुक्रामा बाडेर बदला लिनुपर्छः भारत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

swamy_s_650_010316093941

काठमाडौं, २० पुस । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका एक नेता सुब्रमण्यम स्वामीले पाकिस्तानलाई चार भागमा विभाजन गरेर बदला लिनुपर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी बीजेपीका नेता स्वामीले पाकिस्तानलाई सबक सिकाउन रणनीति योजना बनाउन जरुरी रहेको बताउँदै छिमेकी देशलाई सबक सिकाउन पाकिस्तानलाई चार भागमा बाड्नुपर्ने बताए ।

उनले मोदीको पाकिस्तान भ्रमणको आलोचना समेत गरे । स्वामीले भनेका छन्- विना पूर्व जानकारी प्रधानमन्त्री मोदी पाकिस्तान जानु यो गैर जिम्मेवारी कदम हो ।’

मोदीले हालै काबुलबाट नयाँ दिल्ली फर्किने क्रममा अचानक लाहौरमा उत्रिएका थिए । उनले त्यहाँ पाकिस्तानी प्रधनमन्त्री नवाज शरिफसँग भेट गरेका थिए ।
उनीहरुको भेटलगत्तै भारतको पठानकोटमा आतंकवादी हमला भएपछि नेता स्वामीले पाकिस्तानसँग बदला लिन रणनीतिक योजना बनाएर चार भागमा विभाजन गर्नुपर्ने बताएका हुन् । (एजेन्सीको सहयोगमा)