१ कार्तिक २०८३, शनिबार

नर्स बन्न हिडेकी सन्नी लियोन कसरी पोनस्टार बनिन् ? (रोचक कथा)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunny-leioneमुम्बई । गत वर्षजस्तै यो वर्ष पनि भारतमा गुगलमा खोजिने व्यक्तिको सूचीमा एक नम्बरमा परिन्, अभिनेत्री सन्नी लियोन । अहिले उनको भारतमा ठूलो ‘चार्म’ छ ।

भारतीय मूलकी क्यानेडियन अभिनेत्री हुन् उनी । भारतीयहरूले गत वर्ष पनि, यो वर्ष पनि गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । त्यति मात्र होइन, शाहरुख खान, सलमान खानजस्ता बलिउडका हस्तीलाई पनि उनले पछाडि पारेकी थिइन् ।

गुगलमा जति खोजिए पनि सन्नीको प्रशंसाभन्दा आलोचना बढी सुनिन्छ । तर, अहिलेको कामका लागि होइन, विगतमा उनले अपनाएको पेसाका कारण । तर, उनी सानी छँदा पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिइन् । ‘सानी छँदा मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’

किशोरवयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा ‘भोलेन्टियर’ भएर काम गरिन् । ‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् । सन् २००२ मा उनको जीवनको मोड पूरै बदलियो । एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ ?’ साथीको प्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् ।

कुरो ठिकै होजस्तो लाग्यो । मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो । ती साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफरसँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे । सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ हुँदै उनी पोर्नस्टारको दुनियाँमा प्रवेश गरिन् । (नयाँ पत्रिकाबाट)