१ कार्तिक २०८३, शनिबार

चलचित्र ‘परदेशी’ ७५ औ दिनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pardeshi0

काठमाडौं । नेपाली चलचित्र ‘परदेशी’ले प्रदर्शनको ७५ औ दिनलाई विशेषरुपमा मनाएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी परदेशि टिमले कलाकार, प्राविधिक, संचारकर्मी, वितरक, सिनेमा हल तथा सहयोगीलाई विशेष सम्मानसहित मायाको चिनो प्रदान गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यता तथा अग्रज चलचित्रकर्मीहरुको आतिथ्यतामा सम्पन्न कार्यक्रममा परदेशी टिमले आफ्नो सफलताको खुसी बाढेको हो ।

गत कात्तिक ३ गतेदेखि मुलुकभर प्रदर्शनमा आएको परदेशि चलचित्र उपत्यका भित्र गोपिकृष्ण, गुण र अष्टनारायण चलचित्र मन्दिरमा प्रदर्शनको ७५ दिनसम्म पनि अपार सफलताका साथ चलिरहेको छ ।

‘परदेशीले नेपाली चलचित्रको साख फर्काएको छ । टिपिकल नेपाली जनजिवन, संस्कृति र भावना बोकेको यो सिनेमाले दशकौदेखि निराशा भोगेको चलचित्र उद्योगलाई सास भरिदिएको छ ।’ कार्यक्रममा शुभकामना दिदै विकास बोर्डका अध्यक्ष राजकुमार राईले बताए ।

उपत्यकाबाहिर पनि आधा दर्जन बढी हलमा सानदार चलिरहेको यो चलचित्र थप प्रदर्शनका लागि माग भएको कार्यक्रममा जानकारी दिइएको थियो । यसका साथै मुलुकबाहिर समेत यसको माग निकै बढेको निर्माता नारायण रायमाझिले बताए ।

चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले १ दशकयता हेर्नलायक र उदाहरण दिन लायक सिनेमाको संज्ञा दिदै भने–‘एक दशक यता केहि सिनेमाले निर्माता र ब्यानरको नामका लागि बलजफ्ती ५१ औ दिन मनाए, तर परदेशीलाई दर्शकको भीडले यो दिन देखायो यो नेपाली सिनेमाका स्वर्णीम दिनको संकेत हो ।’

कायक्रममा निर्माता राजेश बंशलले सिनेमा सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद प्रकट गरेका थिए भने अर्का निर्माता तथा निर्देशक नारायण रायमाझिले लामो मेहनतले ल्याएको चलचित्र सवैलै रुचाएकोमा आगामी दिनमा थप राम्रो चलचित्र निर्माणमा हौसला मिलाएको बताएका थिए ।