१३ कार्तिक २०८३, शुक्रबार

भारतीय लहरीको ठक्करबाट दुई नेपालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

मोरङ, २० पुस । विराटनगरमा आइतबार साँझ भारतीय लहरीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर–१७ का ४५ वर्षीय पवन यादव र पछाडि सवार सप्तरीका ६० वर्षीय सर्जु यादव छन् ।

मोरङ प्रहरीका अनुसार दक्षितर्फ आउँदै गरेको भारतीय एमएल ०१ डी ३३३० नंको लहरीले को१०प ९६५२ नंको मोटरसाइकललाई सोही दिशाबाट ठक्कर दिएको थियो ।

स्थानीयवासीले घटनापछि लहरीको सिसा फुटाइदिएका छन् । चालक र सहचालक फरार छन् । बे्रक फेल भई अनियन्त्रित भएको लहरी टेलिफोनको पोलमा ठोक्किएको थियो । रासस