नयाँदिल्ली, २० पुस । भारतको उत्तरपूर्वी क्षेत्र असमलाई केन्द्र बनाएर आज बिहानै ठूलो भूकम्प गएको छ ।
बिहान ४ बजेर ३५ मिनटमा ६ दशमलव ८ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो भूकम्प नेपालमा वैशाख १२ गते गएको भूकम्पभन्दा केही सानो हो ।
भूकम्प भारत र म्यान्मारको सीमा आसपाको क्षेत्रलाई केन्द्र बनाएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म आइसकेको छैन ।
भूकम्पको ठूलो झट्का भएपछि भारत र म्यानमारका नागरिकहरूको भाग दौड मच्चिएको समाचारमा उल्लेख छ ।
भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । भारत र म्यानमारका सरकारले भूकम्प गएको क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी खटाइ सकेको जनाएको छ ।
भूकम्पले असम, बंगाल, अरुणाचल, बिहार, झारखण्डसहित थुप्रै क्षेत्रमा ठूलो धक्का महशुस गरिएको थियो ।
भूकम्पको केन्द्र इंफालमा ३३ किलोमिटर टाढा र ३५ कलिोमिटर जमिनमुनि गएको जनाइएको छ ।















प्रतिक्रिया