
यूएई, १९ पुस । संयुक्त अरब इमिरेट्स(साउदी अरब)ले खाडी मुलुकका लागि यूएईमा कार्यरत इरानका राजदूतलाई विदेश मन्त्रालयमार्फत् बोलाई साउदी अरबको आन्तरिक मामलामा भएकोे इरानी हस्तक्षेप बारेमा तेहरानसँग स्पष्टीकरण मागेको छ ।
राजदूत मोहम्मद रेजा फायदलाई आइतबार लिखितरुपमा इरानद्वारा साउदी अरबमाथि गरेको विभिन्न खाले हस्तक्षेप र हालैको साउदी अरबको तेहरानस्थित कूटनीतिक नियोगमाथि गरिएको आक्रमणका बारेमा स्पष्टीकरण माग गरेको यूएईको राष्ट्रिय समाचार संस्था डब्लूएएम (वाम) ले बताएको छ ।
यूएईले इरानद्वारा कूटनीतिक नियोगमाथि गरेको आक्रमणले अन्तर्राष्ट्रिय कानुन तथा मापदण्डको उल्लङ्घन भएको आरोप लगाएको छ ।
यता नेपालमा भने भारतले बारम्बार हस्तक्षेप गर्दा, राजदूतले देशविरुद्धमा बोल्दा स्पष्टिकरण सोध्ने आट नेपाल सरकारले गर्न सक्दैन् । यूएईको यो घटना नेपालका लागि गतिलो पाठ हुन सक्छ । रासस/सिन्ह्वा















प्रतिक्रिया