
लन्डन (बेलायत), १९ पुस । बेलायती उदीयमान क्रिकेट खेलाडी म्याथ्यु हबडेनको २२ वर्षकै कलिलो उमेरमा निधन भएको छ ।
इङ्ग्ल्यान्ड र वेल्सको क्रिकेट बोर्डले हबडेनको मृत्यु भएको खबर आइतबार घोषणा गरेका छन् । तर, प्रसिद्ध अङ्ग्रेजी क्रिकेट खेलाडी हबडेनको मृत्यु के कारणले भएको भन्नेबारे बोर्डले बताएको छैन ।
हबडेन सिम बलरका रुपमा एक प्रतिभाशाली खेलाडीका रुपमा गएका दुई वर्षमा लगातार चुनिएका थिए । उनी राष्ट्रिय क्रेकेटका लागि ससेक्स (दक्षिण इङ्ग्ल्यान्ड) बाट खेल्ने गर्थे ।
“एक खेडालीका रुपमा सर्वप्रथम मैले हबडेनलाई सोचेर खेल्ने क्रिकेट खेलाडीको रुपमा पाए,” केभिन साइनले भन्नुभयो । उहाँले भन्नुभयो, उनको प्रतिभा बृहद् थियो र उनी इङ्ग्ल्यान्डको केही स्मरणयोग्य प्रतिभाशाली खेलाडीमा पर्छन् ।
यसैबीच हबडेनको मृत्युको घोषणापछि इङ्ग्ल्यान्डको क्रिकेटरले शोकस्वरुप हातमा कालो रिबन बाँधेर दक्षिण अफ्रिकाको केप टाउनमा आतइकार भएको दोस्रो टेस्टको दोस्रो दिनको खेल खेलेका थिए । रासस/एपी















प्रतिक्रिया