काठमाडौँ, १९ पुस । सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७२ लागू गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाल सरकार (कार्यविभाजन) नियमावली २०६९ लाई खारेज गरी नयाँ नियमावली लागू गरेको हो ।
मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको सङ्ख्या वृद्धिसँगै नयाँ कार्यविभाजन नियमावली कार्यान्वयन भएको हो । नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अब मन्त्रालयको सङ्ख्या ३१ पुगेको छ ।
साविकका २७ मन्त्रालयमा वाणिज्य, पशु विकास, खानेपानी तथा सरसफाइ र जनसङ्ख्या तथा वातावरण मन्त्रालय थपिएका हुन् ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट प्रविधि हटाएर विज्ञान तथा प्रविधिमा पुनःसमायोजन भएको छ । सरकारले यही पुस १४ गते नेपाल राजपत्रमा सूचना जारी गरी नयाँ कार्यविभाजन नियमावली सार्वजनिक गरेको हो । रासस












प्रतिक्रिया