१३ कार्तिक २०८३, शुक्रबार

कसको होला यो शव ? पाँच दिन वित्दा पनि सनाखत हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Death-body-1– नरी बडु
बैतडी, १९ पुस । बैतडीमा फेला परेको वेवारिशे शवको अझै पहिचान हुन सकेको छैन् ।

गएको बुधबार दशरथचन्द नगरपालिका १३ स्थ्ति खेतिगाउँ सामुदायिक वनमा भेटिएको वेवारिशे शवको पाँच दिन वितिसक्दा पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी मोहन प्रसाद पोखरेलले शवको अझै पहिचान हुन नसकेको बताए । उनका अनुसार शव अन्दाजी ३०–३५ वर्षीय पुरुषको रहेको र ग्वानी गाविस जाने बाटोमा भेटिएको थियो । रातो जकेट, हरियो पेन्ट, लामो कपाल भएको, गहुँ गोरो र पहाडी मुलको जस्तो देखिने उक्त मृत पुरुषको शव भेटिनुभन्दा २–३ दिन अघिको हुन सक्ने प्रहरीको अनुमान छ ।

वेवारिशे शवलाई जिल्ला अस्पताल बैतडीको लास घरमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त शवलाई अब पोष्टमार्टम गरी नगरपालिकाको जिम्मा लगाउने तयारी गरेको छ ।