३० आश्विन २०८३, शुक्रबार

भारतमा फेरि आतंकवादी हमला, मर्नेको संख्या ६ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APTOPIX India Air Base Attack

नयाँ दिल्ली, १९ पुस । भारतको उत्तरी राज्य पञ्जावमा अवस्थित भारतीय हवाई अड्डामा शनिबार भएको आतङ्ककारी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।

पाकिस्तानको सीमा क्षेत्रमा रहेको यस आतङ्ककारी आक्रमणमा तीन भारतीय हवाई बल (आइएएफ) का सदस्यको घटनास्थलमै मृत्यु भएको थियो ।

सो आक्रमणमा घाइते भएका अन्य तीन जनाको गएराति मृत्युभएपछि सो सङ्ख्या छ पुगेको वरिष्ठ प्रहरी अधिकारीले आइतबार बताउनु भएको छ ।

सो आक्रमणमा परी अन्य नौ आइएएफ सदस्य घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ ।

पञ्जाव राज्यको पठानकोटमा रहेको यस हवाई उड्डामा बन्दुकधारीहरुको समूहले स्थानीय समयाअनुसार शनिबार करिब ३ः३० आक्रमण गरेपछि सुरक्षाबल र बन्दुकधारीबीच भएको करिब ५ घण्टा लामो झडपमा चार जना आतङ्ककारीको मृत्यु भएको जनाइएको थियो ।

INDIA-UNREST-ATTACKS

भारतको राजधानी नयाँ दिल्लीबाट ४३० किलोमिटर उत्तरमा रहेको पठानकोटमा अवस्थित हवाई अड्डामा सो आक्रमण भएको हो ।

इस्लामाबादस्थित पाकिस्तानी विदेश मन्त्रालयले हिजो यस आतङ्ककारी आक्रमणप्रति खेद व्यक्त गर्दै भारत सरकार र भारतीय जनता तथा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा घटनामा घाइते भएका भारतीय नागरिकको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

विज्ञप्तिमा पाकिस्तान आतङ्कवादविरुद्ध लड्न भारत र आतङ्कबादले सताएको अन्य राष्ट्रसँग सहकार्य गर्दै अघि बढ्ने छ भनि भनिएको छ । रासस/सिन्ह्वा