१३ कार्तिक २०८३, शुक्रबार

प्रहरीको गोली खाएका आन्दोलनकारीको अस्पतालमै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

रौतहट, १९ पुस । मधेस आन्दोलनमा प्रहरीको गोली खाएर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

हाल वीरगञ्जमा उपचार गराइरहेका रौतहटको अकोलवा गाविस ५ का ५० बर्षीय शेख माहिरूद्दिनको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी गणेश रेग्मीले गत असोज २७ गते प्रदर्शनको क्रममा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका माहिरुद्दिनको मृत्यु भएको बताए ।

उनको गुप्तांगमा गोली लागेको थियो । घाइते शेखको काठमाडौंमा उपचारपछि घर लगिएको थियो । घाउ निको नभएपछि उनलाइ नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।