३० आश्विन २०८३, शुक्रबार

इन्जिन विस्फोटपछि पानी जहाजमा अड्किए ७५० जना विदेशी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Water-airलागोस, १९ पुस । आठ वटा पश्चिमी अफ्रिकी राष्ट्रका ७५० भन्दा बढी नागरिक नाइजेरियाको बन्दगगाह क्यालाबरमा अड्किरहेका छन् ।

उनीहरु सवार रहेको डुङ्गामा समस्या आएपछि क्रिसमसदेखि नै ती व्यक्तिहरु त्यहाँ फसेका बताइएको छ । सो डुङ्गामा पश्चिमी अफ्रिकी राष्ट्रहरुका ७५८ जना व्यक्ति यात्रा गरिरहेका थिए ।

गत डिसेम्बर २५ का दिन एक नदी पार गरिरहेको अवस्थामा सो डुङ्गामा रहेका इन्जिनहरुमा एक इन्जिन नै विस्फोटभएपछि ती व्यक्तिहरु बन्दरगाहमा नै फसेका राज्य सङ्कटकालीन व्यवस्थापन निकाय (सेमा ) ले बताएको छ ।

सेमाका अनुसार सो डुङ्गामा पश्चिमी अफ्रिकी राष्ट्रहरु टोगो, बुर्किना फासो, सेनेगाल, सिर्रा लिओन,घाना, माली, नाइजर र गिनीका नाागरिकहरु रहेका थिए । रासस/एएफपी