१३ कार्तिक २०८३, शुक्रबार

राजनीतिक आस्था जे राखेपनि जनतालाई सेवा देउ : सामान्य प्रशासनमन्त्री शर्मा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha_Sharma-Finalदाङ, १९ पुस । सामान्य प्रशासनमन्त्री रेखा शर्माले निजामती कर्मचारीहरूले जहाँ आस्था राखेपनि सेवामुखी भएर जनताका काम गर्न निर्देशन दिनुभएको छ । उहाँले राजनीतिक दल वा विभिन्न संगठनहरूमा आबद्ध भए पनि सेवामुखी भई काम गर्नुपर्ने बताउनुभयो ।

गृह जिल्ला दाङमा आज (आइतबार) बिहान घोराही नगरपालिकामा आयोजित ‘दाङ जिल्लाको वर्तमान अवस्था, सार्वजनिक सेवा प्रवाह र सुशासन’ विषयक छलफल कार्यक्रममा सामान्य प्रशासनमन्त्री शर्माले सबै निजामती र राष्ट्र सेवक कर्मचारी सेवामुखी भएर काम गर्नुपर्ने बताउनुभएको हो ।

‘निजामती कर्मचारीहरूले जता राजनीतिक आस्था राखेपनि सेवामुखी भएर काम गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘सरकारी कार्यालयहरू सिष्टममा चल्न नसक्दा जनताले दुःख पाएका गुनासाहरू बढ्दै आएका छन् । यसलाई निराकरण गर्ने जिम्मेवारी राष्ट्र सेवक कर्मचारीको हो ।’

उहाँले सेवामुखी भएर सेवा नदिने निजामती कर्मचारीलाई कारबाही गर्न सरकार पछि नपर्ने चेतावनीसमेत दिनुभयो । मन्त्री शर्माले जनताको भीड हुने कार्यालयहरूमा छिटोछरितो तरिकाले काम गर्न पनि निर्देशन दिनुभएको छ ।

गाविसको कार्यालयहरूमा नागरिक बडापत्र राख्न निर्देशन दिनुभएकी सामान्य प्रशासनमन्त्री शर्माले साना विषयमा जनताले दुःख नपाउनु भन्ने विषयमा सबै सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।

छलफल कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जिल्लाको समग्र विकास र सुरक्षाका लागि जिम्मेवार भएर लागेको बताउनुभयो ।

उहाँले दाङमा वाणिज्य कार्यालय स्थापनाका लागि सामान्य प्रशासनमन्त्री शर्मासँग आग्रह गर्नुभएको थियो । जवाफमा मन्त्री शर्माले दाङमा वाणिज्य कार्यालय स्थापनाका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो ।