
मुम्बई । अभिनेता तथा निर्देशक सूर्याले ‘सिंघम ३’को शुटिङ सुरु गरेका छन् ।
भारतको विशाखापटनमबाट सुटिङ सुरु गरिएको फिल्मको यसअघि डिसेम्बरबाटै सुरु हुने बताइएको थियो तर चेन्नईमा आएको बाढीका कारण सुटिङ मिति सारिएको थियो ।
सूर्याले भनेका छन्– अब हामी पुरै हिसाबले ‘सिंघम ३’ मा फोकस हुनेछौं । मेरो दोस्रो प्रोजेक्ट ‘२४’ करिब पुरा भइसकेको छ । विश्वका चार देशमा फिल्मको सुटिङ हुन्छ ।
फिल्मको निर्देशन हरि गोपालकृष्णनले गर्दैछन् । फिल्ममा श्रुति हसन र अनुष्का शेट्टी लिड रोलमा देखिनेछन् । सूर्याले यो प्रोजक्टलाई आफ्नै ब्यानरमा बनाउँदैछन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार इण्डिया, अष्ट्रेलिया, पेरिस र अफ्रिकामा फिल्मको शुटिङ हुनेछ ।















प्रतिक्रिया