३० आश्विन २०८३, शुक्रबार

बार्सिलोना बराबरीमा रोकिदा एथ्लेटिक मड्रिड शीर्ष स्थानमा उक्लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messi

काठमाडौं, १९ पुस । शनिबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिदा एथ्लेटिक मड्रिडको भाग्य चम्किएको छ ।

लिगको पुछारमा रहेको लेभान्टेलाई पराजित गर्दै एथ्लेटिको २ अंकको अग्रतासहित ला लिगाको शीर्ष स्थानमा उक्लेको हो ।

एथ्लेटिकोका लागि सब्सिटिच्युड थोमस पार्टेले खेलको ८१ औं मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए । एथ्लेटिकोको १८ खेलबाट ४१ अंक रहेको छ ।

यद्यपि, बार्सिलोनाले एक खेल कम खेलेको छ । उता, बार्सिलोनाले भने सन् २०१६ को शुरुवात बराबरीबाट गरेको छ । लुइस एन्रिकेको टोलीले सन् २०१५ मा १ सय ८० गोल गर्दै ५ वटा ट्रफी जितेपनि शनिबार एस्पानियोलविरुद्धको खेलमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेन ।

एस्पानियोलका गोलकिपर पाउ लोपेजले मात्र दुई वटा बचाउ गर्नु परेको थियो । लुइस सुवारेज र लियोनेल मेस्सीको प्रयास पोष्टमा लागेको थियो ।

खेल बराबरी हुँदा शीर्ष स्थान रहेको बार्सिलोना एक स्थान तल झर्यो ।