१३ कार्तिक २०८३, शुक्रबार

बसको छतबाट खसेर काठमाडौंमा ‘खलासी’को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busकाठमाडौँ, १९ पुस । आज बसको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित सडकमा बा.२ ख ९११९ नम्बरको बसको छतबाट खसेर सोही बसका सहचालक टीकाराम कार्कीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका रामेछाप भीरपानी–५ का कार्कीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस