
वाशिंगटन डिसी । अहिलेका किशोर तथा किशोरीहरु मध्येकै उदाउदो कलाकारको नाम लिनुपर्दा ुमिस टिन– २०१४ (किशोरी सुन्दरी २०१४) रोमी घिमिरेको नाम नलिदा अन्याय नै जस्तो हुन्छ ।
उनी सानैदेखि प्रतिभाशाली हुनुको साथै सिर्जनशील एवं मेहनती थिइन् । बहु प्रतिभाशाली रोमी बिस्तारै सफलताको शिखरको खुड्किलो चढ्दै छिन् । किशोरी सुन्दरी २०१४ को पदक पाएसंगै उनको जताततै चर्चा परिचर्चा छ । उनी बिद्यालय जीवनदेखि नै अतिरिक्त क्रियाकलापमा निकै खप्पिस थिइन् । रोमी ५ वर्षको उमेरदेखि नै भजन गाउँथिन् भने कथा, कविताहरू लेखनमा पनि उनी अब्बल थिईन ।
कलाकार रोमी भित्र रहेको निहित कलाकारिता स्वत स्फ्रुत आउने गरेकोले हेरेको भरमा नृत्य गर्न सिपालुको साथै वादविवाद एवं वक्तृत्वकला प्रतियोगिताहरूमा पनि प्रथम स्थान हासिल गर्थिन ।
उनले एक रेडियो कार्यक्रममा प्रस्तोता भएर काम गर्ने अवसर पनि पाईन । जीवनमा केहि गरेर देखाउने रोमीले विश्व किर्तिमान गर्न बिबिध बिषयमा झण्डै सयौ व्यक्तिसंग अन्तर्वार्ता लिएर विश्व किर्तिमान गर्ने अवसर पनि जुराईन ।
विश्वकै सबैभन्दा लामो म्याराथुन रेडियो बहस नामक कार्यक्रम युथ एफएम रेडियोमार्फत किर्तिमानको लागि प्रयास गरिन । हाल उक्त युथ एफएम रेडियो बन्द भएको छ ।
विश्व किर्तिमान गर्ने क्रममा झन्डै एक दर्जन जति विश्व कीर्तिमानी, कलाकार, विशिष्ट व्यक्ति, गायक, गायिका, चिकित्सक, पर्वतारोही, राजनीतिक व्यक्तित्व, अभियन्ता तथा अन्यसंग उनले ४८ घण्टा सम्म निरन्तर रेडियो अन्तर्वार्ता लिईन ।
जुन किर्तिमान अमेरिकाका नागरिकले ४० घण्टा अन्तर्वार्ता लिएर किर्तिमान कायम गरेका थिए त्यसलाई तोड्ने काम रोमीले गरिन ।
यसको अतिरिक्त उनी समाजको लागि केहि योगदान दिने चाहना राख्दछिन । किशोरी सुन्दरी भएपछि आफूमा जिम्मेवारी बढेको बताउँदै केहि सामाजिक संघ संस्थामा संलग्न भै समाज सेवा गर्दा आनन्दको अनुभूति भएको बताउदछिन ।
उनी मदर जोय फाउन्डेसनकी उपाध्यक्ष समेत छिन् । सामाजिक सेवालाई ब्यबहारमा उतार्न हाल उनी सामाजिक कार्य बिषयमा नै स्नातक तहमा अध्ययनरत छिन् ।
कलाकार भएकोले किलो टाँगो माइक, हर्के हबल्दार तथा थुप्रै धाराबाहिकमा अभिनय गरिसकेकी रोमीको चलचित्रमा अभिनय गर्ने धोको पनि पुरा भएको छ ।
आगामी फेब्रुअरी १२ तारिख प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा उनले ठूलो पर्दामा प्रथम पटक प्रथम अभिनय गरेको चलचित्र ‘क्लासिक’ प्रथम प्रदर्शन हुने भएकोले उनी उत्साहित छिन् ।
उनको यो चलचित्रमा अत्यन्तै चुनौतीपूर्ण भूमिका रहेको छ भने उक्त चलचित्रमा अन्धी भएर अभिनय गरेकी छिन् । प्रेम बिषय वस्तुमा आधारित चलचित्र ‘क्लासिक’ नया स्वादमा भएको उनी बताउँछिन । पहिलो चलचित्र मै अन्धो भएर खेल्न पाउनु भनेको अहोभाग्य हो उनले भनिन ।
कथाबस्तु आफूलाई जचेकोले मौका पाए । र अभिनयमा कुनै कसर नछोड्ने तरिकाले अभिनय गर्ने कोसिस गरेको छु । उनको धमाकादार प्रस्तुतिलाई दर्शकले पक्कै पनि मन पराई दिनुहुनेछ भन्ने आफुलाई विश्वास लागेको बताइन । दर्शकले मैले अभिनय गरेका कामलाई हौसला पाएकोले ठूलो पर्दामा होमिएको हु रोमीले भनिन । दर्शकलाई निराशा बनाउने छैन भन्दै फेब्रुअरी छिटो आई दिए हुन्छ भन्ने लागेको बताईन ।

















प्रतिक्रिया