
– नरेश केसी
लुम्बिनी, १८ पुस । विश्वशान्तिका नायक महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सामुहिक भिक्षाटन कार्यक्रम शुरु भएको छ ।
प्रबज्या अर्थात सामुहिक रुपमा भिक्षु बनेकाहरुका लागी भिक्षाटन,बौद्ध देशना,ध्यान प्रबचन कार्यक्रम धम्मकाया प्रतिष्ठान थाईल्याण्डको आयोजनामा भएको हो ।
थाईल्याण्डको प्रमुख बौद्ध सस्था धम्मकाया प्रतिष्ठानको आयोजनामा काठमाण्डौको बिश्व शान्ति बिहारमा भएको १ सय ५० जनाको सामुहिक प्रबज्या कार्यक्रम पछी बुद्ध जन्मस्थल लुम्बिनी आएका उनिहरुलाई लुम्बिनी स्थित रोयल थाई मोनाष्टी्रको संयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा भिक्षाटन, बौद्ध देशना तथा यात्रा, ध्यान एबं प्रबचन कार्यक्रम पनि भएको थियो । सो अवसरमा सामुहिक रुपमा भिक्षु बनेकाहरुलाई बुद्धको जिबनी, लुम्बिनीको महत्व, बौद्ध शिक्षाको उद्धेश्य ,बुद्धले पाएको कष्ट र भिक्षुको जीबन आदीको अनुभब कस्तो थियो भन्ने तथ्य बताइएको आयोजक संस्था धम्मकाया फाउण्डेशनका बिदेश बिभाग उप प्रमुख भिक्षु किट्टीपोंगले बताए ।
१८ दिनसम्म चल्ने प्रबज्या कार्यक्रममा अस्थाई रुपमा भिक्षु बनाई बुद्धको उपदेश प्रदान गरीने प्रचलन हुन्छ । प्रबज्या मार्फत कोहीे स्थायी रुपमै भिक्षु बन्ने गर्दछन् । सामुहिक रुपमा प्रबज्जीत भएका १५० जना भिक्षुहरुलाई सामुहिक रुपमा भिक्षा समेत दिईएको छ । बुद्ध धर्म अनुसार शाक्यमुनिहरुमा एक दिन भिक्षु बन्नै पर्छ भन्ने मान्यता रहेको छ । थाईल्याण्डमा राजा समेत भिक्षु बन्ने प्रचलन छ । भिक्षाटन स्वादका लागी नभई ज्यान सुरक्षित राख्न गरीने भन्ने बौद्ध धर्ममा उल्लेख रहेको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रेय महास्थबिरले बताए ।
जीवनको कठीन कार्यहरु मध्ये प्रबज्या पनि एक भएको र यो कार्य पुरा गरेपश्चात मानिसले धेरै लाभ लिने जनाइन्छ । सो कार्यक्रमकोलागी अखिल नेपाल भिक्षु महासंघ र रोयल थाई मोनाष्ट्रीले सघाएको रोयल थाई मोनाष्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोतले बताए ।
पहिलो दिन मायादेबी मन्दीर अशोक स्तम्भ परीसरमा प्रबज्यीतहरुलाई बौद्ध धर्म देशना ,ध्यानका साथै द्धिप प्रज्वलन गरी परीक्रमा गराईएको थियो । विगत करिब डेढ सय दिनको बन्दको कारण लुम्बिनीको पर्यटन व्यवसाय अस्तव्यस्त भएको बेला धम्मकाया फाउण्डेशनको आयोजनामा लुम्बिनीमा भएको सामुहिक भिक्षाटन कार्यक्रममले स्वदेश र विदेशमा शान्तिको कामना गर्न एकातिर मद्धत पुराएको छ भने अर्कोतिर पर्यटनमाथी परेको बन्दको नकारात्मक असरलाई केही हदसम्म टेवा दिने पर्यटन पत्रकार मनोरन्जन शर्माले जनाए ।












प्रतिक्रिया