१३ कार्तिक २०८३, शुक्रबार

मानव संसाधन समाजमा नयाँ नेतृत्व, अध्यक्षमा कुमार जोशी चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manab-Commite

काठमाडौं, १८ पुस । मानव संसाधन समाज नेपालमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार नयाँबानेश्वरमा सम्पन्न तेस्रो बार्षिक साधारण सभाले कुमार जोशीको नेतृत्वमा आगामी २ बर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । नयाँ समितिमा मोहन ओझा, शैलेन्द्र राजगिरी र अमित शर्मा उपाध्यक्षमा चयन भएका छन् । यसैगरी महासचिवमा मधु पौडेल, कोषाध्यक्षमा टंक प्रसाद भट्टराई सर्वसम्मत चयन भएका छन् ।

नेपालको अर्थ ब्यवस्थालाई सुदृढीकरण गर्नको निम्ति मानव संसाधनको महत्वपूर्ण भूमिका रहेकोले मानव संसाधन विकासको क्षेत्रमा कार्य गर्नु र मानव संसाधनलाई समय सापेक्षित रुपमा थप सशक्त पार्दै लैजानु वर्तमान समयको माग भएबमोजिम मानव संसाधन क्षेत्रमा कार्य गर्ने पेशाकर्मीहरुको क्षमता अभिबृद्धि गर्नका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने निर्णय समेत तेस्रो साधारण सभाले गरेको छ ।