
– नरेश केसी
भैरहवा, १८ पुस । सदभावना पार्टी नेपालले अन्तिम संकल्प गर्दै अलग्गै आन्दोलनको घोषणा गरेको छ ।
पार्टिले शनिवार भैरहवामा गरेको पत्रकार सम्मेलनमा अहिले नभए कहिले नहुने भन्दै सबै शोषीत पीडित मधेसी जनतालाई अन्तिम लडाईमा होमिन आग्रह गरेको छ ।
पार्टिका उपाध्यक्ष ओमप्रकाश यादव गुलजारीले अध्यक्ष राजेन्द्र महतो माथि भएको राज्यको हमलाको घोर भत्र्सना गर्दै पुस १९ देखि २७ गते सम्म जारी आन्दोलनमा थप कार्यक्रम घोषणा गरेका थिए ।
उपाध्यक्ष यादवले १९ गते सबै धार्मिक संस्थामा शहिदहरुको आत्माको चीरशान्तिको कामना गर्दै प्राथना गर्ने, २० गते मौन ब्रत बस्ने, २१ गते भित्ते लेखन गर्ने, २२ गते सवारी साधनमा कालो झण्डा लगाउने र वायां हातमा कालो पट्टि बाधेंर प्रदर्शन गर्ने, २३ गते सांझ मैनवत्ति जलाउने, २४ गते मधेसको वर्तमान अवस्थाको बारेमा आफन्तहरुलाई म्यासेज पठाउने, २५ गते मधेस आन्दोलनमा सहभागी हुन अन्य दलका नेता कार्यकर्तालाई आहवन गर्ने, २६ गते हस्ताक्षर अभियान चलाउने र २७ गते सबै आन्दोलनकारी ब्रत बस्ने जस्ता आन्दोलन घोषणा गरेका हुन् ।
सो अवसरमा सद्भावना पाटिका नेता आनन्द प्रसाद गुप्ताले वर्तमान सरकार मधेस आन्दोलन र भुकम्पपीडितको मर्मलाई लत्याउदैं मन्त्रालय फुटाएर भागवण्डा लगाउन व्यस्त भएको भन्दै आक्रोस व्यक्त गरेका थिए ।
यसैबीच आज आइतबार मधेसी मोर्चा लगायत बाबुराम भट्टराईको नयां शक्तिले संयुक्त रुपमा बुटवलमा विरोधसभा समेत गर्दै छ । सो विरोधसभालाई डा. बाबुराम भट्टराई, अशोक राई, उपेन्द्र यादव, पासांग शेर्पा, राजकुमार लेखी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।












प्रतिक्रिया