१ कार्तिक २०८३, शनिबार

भारतीय एयरफोर्स शिविरमा आतंकवादी हमला, ८ को मृत्यु (फोटो र भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Airforce-Attack-2

नयाँ दिल्ली, १८ पुस । भारतको उत्तरी राज्य पञ्जावमा अवस्थित एक हवाई शिविर(पथानकोट एयरबेसमा)मा अातंकवादी हमला हुँदा कम्तीमा ८ व्यक्तिको मृत्यु भएको समाचार छ ।

पाकिस्तानको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भएको यस आक्रमणमा पाँच जना बन्दुकधारी र तीन भारतीय हवाई बल (आइएएफ) का सदस्य मारिएका अल इन्डिया रेडियो (एआइआर) ले जनाएको छ ।

भारतीय हवाई बलका सदस्य र बन्दुकधारीबीच दोहोरो गोली हानहान स्थानीय समयाअनुसार शनिबार करिब ३ः३० बजे बिहान सुुरु भएको सो रेडियो सेवाले जानकारी दिएको छ ।

भारतको राजधानीको नयाँ दिल्लीबाट ४३० किलोमिटर उत्तरमा रहेको पथानकोट हवाई बल शिविरमा सो आक्रमण भएको हो ।

सो आक्रमणको दौरान हवाई शिविरमा रहेको हेलिकोप्टर र अन्य सरसामाग्री भने सुरक्षित रहेको बताइएको छ । रासस/सिन्ह्वा

हेर्नुस् भिडियोः

Indian-Airforce-Attack-8Indian-Airforce-Attack-3 Indian-Airforce-Attack-7 Indian-Airforce-Attack-6 Indian-Airforce-Attack-5 Indian-Airforce-Attack-4 Indian-Airforce-Attack