तुलसीपुर, १८ पुस । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति तुलसीपुरले सांसद बुद्धिराम भण्डारीको तुलसीपुर स्थित घर घेराउ गरेका छन् ।
आज सांसद भण्डारीले मालिका(कालिका यातायात प्रालिको उद्घाटन गर्ने कार्यक्रम छ । प्रालिको उद्घाटन कार्यक्रममा सांसद भण्डारीलाई सहभागी नहुन राप्ती समितिको निर्देशनमा घर घेराउ गरिएको हो ।
राप्ती समितिको निर्देशनमा गएको करिब ६० जनाको युवा समूहले सांसद भण्डारीको घरको गेट समेत बन्द गरेका छन् । भण्डारीको घरको गेट अगाडि त्रिपालमा बसेर अबरोध गरेका छन् ।
राप्ती समितिका अध्यक्ष सुरेस हमालले सांसद भण्डारीलाई कालिका–मालिका यातायात प्रालिको उद्घाटन गर्न नजान आग्रह गर्न आफ्ना मान्छे त्यहाँ गएको प्रतिक्रिया दिए । अहिले सांसद भण्डारीको घर वरिपरिको वातावरण तनावग्रस्त छ ।
त्यहाँ ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ । सांसद भण्डारीले अबरोधका बारेमा केही जानकारी नगराएकाले घर घेराउ गर्नेलाई केही गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यस बिषयमा सांसद भण्डारी सँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।












प्रतिक्रिया