३० आश्विन २०८३, शुक्रबार

यस्तो छ फेसबुकको नयाँ लोकप्रिय योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

facebook boss

एजेन्सी । छोटो समयमै लोकप्रियता कमाएको फेसबुकले नयाँ सेवा ल्याउने भएको छ ।

विभिन्न सहरका साना व्यवसायलाई सूचीकृत गरी नयाँ सेवा ल्याउन लागेको हो। अब आफू नजिकका साना पसल, रेस्टुरेन्ट, क्लिनिक, ट्राभल एजेन्सी, होटेल, पर्यटकीय स्थल, चलचित्र हल, सपिङ मलजस्ता स्थानको बारेमा सजिलोसँग जानकारी फेसबुकबाटै लिन सकिनेछ ।

फेसबुकले विभिन्न ८५ किसिमका व्यवसायको बारेमा जानकारी दिन सूची तयार गरेको हो । फेसबुकमा अहिलेसम्म पाँच करोडभन्दा बढी व्यवसायको सूची बनिसकेको छ। यो सेवा तत्कालका लागि डेक्सटप र ल्यापटपमा फेसबुक चलाउँदा मात्र पाइने बताइएको छ । सर्च इन्जिनमा एक छत्र राज गरेको गुगललाई टक्कर दिने गरी फेसबुकले यो सेवा ल्याउन लागेको हो ।