१३ कार्तिक २०८३, शुक्रबार

पश्चिमी वायुको प्रभावले उपत्यकामा न्यानो महसुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chiso-agoकाठमाडौँ, १७ पुस । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँ उपत्यकासहित पहाडी भेगको मौसम बदली हुँदा तापक्रममा केही सुधार आएको छ ।

उक्त वायुको प्रभावले उपत्यकाको तापक्रममा थोरै वृद्धि हुँदा आज केही न्यानो महसुस भएको छ । यद्यपि उपत्यकामा चर्को घाम नलागेका कारण बिहानीपख बढी चिसो भएको थियो ।

पश्चिमी वायुको प्रभावले आंशिक बदली हुँदा आज उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस पुगेको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिनुभयो ।

पछिल्ला केही दिन निरन्तर तापक्रम घटेर चिसो बढेका बेला आज मौसम बदलीका कारण उपत्यकामा केही न्यानो महसुस भएको छ । पुसको पहिलो साता उपत्यकाको न्यूनतम तापक्रम घटेर शून्य डिग्रीसम्म पुगेको थियो ।

मौसमविद् कँडेलका अनुसार पहाडी भेगमा एक दुई स्थानमा वर्षा हुनसक्ने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । न्यूनतम तापक्रम बढेपनि उपत्यकामा चर्को घाम भने लाग्न सकेको छैन । अझै एक/दुई दिन उपत्यकाको मौसम स्थिर रहने बताइएको छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १९ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ । रासस