बैतडी, १७ पुस । अछाममा एक हप्दादेखि बाघले आतङ्क मच्चाएको छ । बीरपथ गाविसमा एक हप्तामा २० वटा बाख्रा र १० गोरु बाघले मारिदिएको स्थानीयवासी देवेन्द्र साहीले बताउनुभयो ।
उहाँले भन्नुभयो “अझै सातभन्दा बढी बाख्रा तथा केही गोरु घाइते बनाएको छ” पाचुल्ली सामुदायिक वनबाट आएको बाघले दैनिकजसो गोरु, बाख्रा मार्न थालेपछि स्थानीयवासी समेत त्रसित बनेका छन् । रासस












प्रतिक्रिया