काठमाडौँ, १६ पुस । तराई-मधेसमा देखिएको आन्दोलन समाधान गर्ने र संविधान संशोधन प्रक्रियाका विषयमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।
बानेश्वरको एक निजी घरमा भएको भेटवार्तामा अध्यक्ष दाहालले संविधान संशोधन प्रक्रियामा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले आन्दोलन र सीमामा भइरहेको अवरोध अन्त्य गर्न अनुरोध गर्नुभएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
भेटका अवसरमा तमलोपा अध्यक्ष ठाकुरले आफूहरु वार्ता र संवादका माध्यमबाटै समस्या समाधान होओस् भन्ने पक्षमा रहेको बताउनुभएको थियो । उहाँले आन्दोलनको स्वरुपमा परिवर्तन गर्ने संकेत पनि दिनुभएको बताइएको छ । रासस












प्रतिक्रिया