
काठमाडौं, १६ पुस । दक्षिण एसियाली फुटबल (साफ च्याम्पियनसिप)मा माल्दिभ्सलाई हराउँदै आयोजक भारत फाइनलमा प्रवेश गरेको छ ।
यसअघि समूह चरणको खेलमा नेपाललाई ४–१ ले पराजित गरेको भारतले सेमिफाइनलमा मालदिभ्सलाई ३–२ ले पराजित गरेको हो ।
भारतका लागि सुनिल क्षेत्रीले खेलको २४ औं मिनेटमा पहिलो गोल गरे । त्यसैगरी जेजेले ३३ औं र ६६ औं मिनेटमा दुई गोल गरे । मालदिभ्सले पहिलो हाफको इन्जुरी समय र ७५ औं मिनेटमा अर्को गोल फर्काएको थियो । तर, थप गोल गर्न नसक्दा पराजित भयो ।
अब भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलका बिजेता अफगानिस्तान र श्रीलंकामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया