
काठमाडौं, १६ पुस । दक्षिण एसियामा शक्ति राष्ट्र मानिने श्रीलंकाले भारतलाई आफ्नो शक्ति देखाएको छ ।
यसअघि भारतको प्रस्ताव अस्वीकार गरेर चीनसँग हात बढाएको श्रीलंकाले अहिले भने घमण्ड उर्तान शक्ति देखाएको छ ।
यसैक्रममा २९ जना भारतीय नागरिकलाई श्रीलंकाको सेनाले नियन्त्रण लिएको छ । अनुमति विनै आफ्नो भूमिमा आएको भन्दै सेनाले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने भारतीय नागरिकहरु पेसाले माझी हुन् । श्रीलंकाको श्रींकोमाली नदी किनारमा माछा मारिरहेका माझीहरु सेनाको कब्जामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको तमिलनाडु प्रान्तको नागपट्टीनम जिल्लाका माझीहरु विहानै श्रीलंकाको भूभागभित्र पर्ने समुद्रमा माछा मार्न गएका थिए । (एजेन्सीको सहयोगमा)















प्रतिक्रिया