काठमाडौं, १५ पुस । धादिङमा बुधबार बाबुछोरीको जलेर मृत्यु भएको छ ।
न्यानो कपडा अभावमा जाडो भएपछि मध्यरातमा आगो तापेर सुतेका गुम्दी–५ कास्वारा बस्ने ४८ वर्षीय शेरबहादुर गुरुङको घरमा मंगलबार चुलोबाट आगलागी हुँदा शेरबहादुर र उनकी छोरी १४ वर्षीया धनमाया गुरुङको आगोले जलेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उनको कच्ची घर, नगद २० हजार रुपैयाँ, अत्रपात, लत्ताकपडासमेत जलेर करीव २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । उनकी श्रीमती भागेर ज्यान जोगाएकी छन् ।












प्रतिक्रिया