२५ कार्तिक २०८३, बुधबार

ओलीलाई देशको होइन् कुर्सी जोगाउने चिन्ताः पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Chandra Poudelअर्घाखाँची, १५ पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अहिल्यै पार्टी सभापतिमा उम्मेदवार घोषणा नगरेको बताएका छन् । उनले समकक्षी नेतासित बसेर छलफल गरेर अगाडी बढने बताए

सभापतिको उम्मेदवार घोषणा गरेर जिल्ला दौडाहमा हिडेर भोट मागेको भन्ने हल्ला गलत भएको भन्दै रिपोर्टर्स क्लव अर्घाखाँची शाखाले गरेको साक्षात्कार कार्यक्रममा कांग्रेसको नेतृत्वमा बनेको संविधानबारे जानकारी दिन जिल्ला दौडाहमा हिडेको बताए ।

आउँदो महाधिवेशनमा कार्यकर्ताको मनोबल उच्च बनाउन जिल्लामा हिडेको बताए । महाधिवेशनपछि कांग्रेस अझै एक ढिक्का भएर आगाडी बढने बताउदै पाटीभित्र भागवण्डाको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिए ।

सरकारले केही काम नगरेको भन्दै उनले तराई मधेश आन्दोलन, नाकाबन्दी र भूकम्प पीडितको पक्षमा भन्दा पनि आफनो कुर्ची कसरी टिकाईरहने भन्नेमा ओली सरकार लागेको आरोप लगाए । जनताको समस्याप्रति सरकार लाचार भएको उनको आरोप थियो ।