१३ कार्तिक २०८३, शुक्रबार

नेताहरु किन लाज पचाएर बसेका छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kashab-Taghya

काठमाडौ, १५ पुष । लामो समयदेखि समाजसेवामा सक्रिय काठमाडौ तहाचल केशब तझ्याले मुलुकमा देखिएको संकट समस्या नभई यसलाई अवसरको रुपमा लिएर जनता र देशको लागि केही गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन ।

तझ्याले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विजुली र ग्यास नहुँदा पनि मौन बसेर धुवा फुक्दै बसेको, मौन बसेर तेलको लागि लाईन बसेको देख्दा आफूलाई दुःख लाग्ने गरेको सुनाउँदै अब यस अवस्थाबाट मुलुकलाई आत्मनिर्भर तर्फ लान योजनासहित आगाडि बढ्नु पर्ने आवश्यकता औल्याए ।

उनले भने,‘ यस्तो अवस्था देख्दा पनि नेताहरु किन लाज पचाएर बसेका छन । देशको लागि केही गर्ने बेला हो यो । यो बेलामा केही नगरे मातृभूमिले नेताहरुलाई धिक्कार्छ । ’

तझ्याले मुलुकमा जताततै विकृति, विसंगति, बेथितिले मुलुक र जनता लामो समयदेखि प्रताडित भईरहेको तर्फ ध्यान दिन आग्रह गर्दै यो संकटको बेलामा सबैले आफ्नो बास्तविकता बुझीसकेकोले यसलाई अवसरको रुपमा लिएर अगाडि बढ्नु पर्ने बताए ।

उनले भने,‘यो भन्दा दर्दनाक अवस्था मुलुकमा कहिल्यै आउँदैन । जनता आत्महत्या गर्ने स्थितिमा पुगिसकेका छन । अहिले पनि नगरे कहिल्यै गर्न सकिदैन । त्यसैले आज होईन अहिले गरौ भन्ने मान्यताकासाथ उठ्न जरुरी छ ।

तझ्याले तेस्रो पक्षीय विमाको नाममा राज्यले जनता मार्ने लाईसेन्स बाडेको भन्दै यस्ता विकृति जन्य नियम र ब्यवस्था खारेज नगर्दा सम्म मुलुकको अगाडि बढ्न नसक्ने तर्क गरे ।

मणिराम शर्माले शुसासन, प्रशासन, शान्ति सुब्यवस्थासहित यूवा लक्षित कार्यक्रममा राज्य उदासिन हुँदै आएकोले यूवा बेरोजगारबढेको भन्दै तत्काल यूवा लक्षित कार्यक्रम नल्याए ब्रेन ड्रेन हुँदा मुलुक यूवा विहीन बन्ने तर्फ सचेत गराए ।