
काठमाडौं, १५ पुस । थाइल्याण्डको बिश्व प्रसिद्ध सौन्दर्य सामाग्री उत्पादन गर्ने कम्पनी पेभिमोल (Paveemol)ले आफ्ना उत्पादनको कारोबार नेपालमा शुरु गरेको छ ।
पेभिमोलका स्किन केयर उत्पादनलाई बाताबरणमन्त्री बिसेन्द्र पासवान, पूर्व उद्योगमन्त्री महेश बस्नेत, एफएनसिसिआईकी बरिष्ठ उपाध्यक्ष भबानी राणा, अभिनेत्री करिष्मा मानन्धर, छाला बिशेषज्ञ डा.रुपक घिमिरे र पेभिमोल कम्पनी थाइल्याण्डका प्रबन्ध निर्देशक (Mrkamol Chaiwatanamethin)ले संयुक्त रुपमा सार्वजनिक (लञ्च) गरेका थिए ।

नेपालका लागि आधिकारिक बिक्रेता बनेको फ्रिह्विल प्रालिले काठमाडौंबाट पहिलो चरणमा कारोबार शुरु गरेको छ भने भने छोटो समय भित्रै नेपालभर फैलाउने लक्ष्य लिएको प्रबन्ध निर्देशक ललितकुमार कार्कीले बताए ।
पहिलो चरणमा काठमाडौंको खिचापोखरी र नयाँबानेश्वरबाट आउटलेट खोली कारोबार शुरु गर्न लागिएको छ भने दोस्रो चरणमा धरान, बिराटनगर, चितवन, पोखरा, बुटवल र नेपालगञ्ज लगायतका मुख्य शहरमा आउटलेट खोली कारोबारलाई देशब्यापी बनाउने योजना रहेको कार्कीले बताए ।

कम्पनीका उत्पादन उपत्यकाका सबै डिपार्टमेन्टल स्टोर लगायत कस्मेटिक पसलहरुमा पाइने ब्यबस्था मिलाइएको छ ।
पेभिमोल कम्पनी थाइल्याण्डका प्रबन्ध निर्देशक (Mrkamol Chaiwatanamethin) सहित ३ जना प्रतिनिधीको कार्यक्रममा उपस्थिती रहेको थियो ।

आफ्नो कम्पनीबाट उत्पादित सौन्दर्य सामाग्रीले नेपाली बजारमा छिट्टै स्थापित हुनेमा आफू ढुक्क रहेको फ्रिह्विल प्रालिकी प्रबन्धक प्रतिमा थापा कार्कीले बताइन् ।
कम्पनीका सबै उत्पादनहरु अल्कोहल रहित छन् भने दाग हटाउने, चायापोतो हटाउने, चाउरीपन हटाउने, भिटामिन इ युक्त, घामबाट जोगाउने बिभिन्न किसिमका क्रिमहरु रहेका छन् ।
नेपालमा उपलब्ध हुने पेभिलोन कम्पनीका उत्पादनहरुमा (K A cream, K A Night Serum, KA UV Protection Whitening Face Cream, KA Acne Cream, KA Body Lotion, KA Lip Care, Explor Body Spray, Explor Hair Gel, Explor Face Cream, Polka Hand Cream, Polka Cracked Heel Cream) लगायत ६५ वटा उत्पादन रहेका छन् ।
थाइल्याण्डमा उत्पादित उत्पादनहरु मध्ये (KA UV Protection Whitening) ले 2014 मा (Cosmo Readers Choice Award) पाएको थियो भने 2015 मा (Cosmopolitan Kiss Beauty Award) पाएको थियो ।

यसैगरि (Polka Cracked Heel Cream) ले (Readers Choice Award 2015) पाइसकेको छ । पेभिमोल कम्पनीले थाइल्याण्डको स्वास्थ्य मन्त्रालय अन्तर्गतको थाइ फुड एण्ड ड्रग्स बिभागबाट गुणस्तर अवार्ड २०१४ र २०१५ प्राप्त गरिसकेको छ ।
कम्पनीले ल्याएका हरेक उत्पादनको बिक्रिमा एक प्रतिशत मुनाफा जम्मा गरिने र जम्मा भएको रकम समाज सेवाका लागि खर्च गरिने छ । जसअन्तर्गत कम्पनीले ल्याएका हरेक उत्पादनको बिक्रीबाट एक रुपैयाँ जम्मा गरी जयबागेश्वरीस्थित ‘बाल सारथि’ सामाजिक संस्थालाई प्रदान गरिनेछ ।
स्वास्थ्य महत्वपूर्ण भएकाले नेपाल ल्याएका यी विश्वस्तरीय उत्पादनमा भिटामिन इ रहेको र अल्कोहलको मात्रा नभएकोले यी उत्पादनको प्रयोग निर्धक्क भएर गर्न नेपाली कम्पनी फ्रिह्विलले अनुरोध समेत गरेको छ ।
















प्रतिक्रिया